Aamsanchar

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने नीति तराईलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा : प्रचण्ड

Author Image
बुधवार, जेठ १९, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नीति तराईलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन्। उनले यो राष्ट्र र जनविरोधी निर्णय भएको बताएका हुन्। सामाजिक संजालमा उनले सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने योजनामात्र रहेको टिप्पणी गरेका छन्। अध्यक्ष प्रचण्डले जनविरोधी निर्णय तुरुन्त खारेज गर्नुपर्ने उल्लेख गरेका छन्।

‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्’, उनले फेसबुकमा लेखेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर