Aamsanchar

साहित्य र खेलकुदका पाँच जनालाई अर्जुनधारा नगरद्वारा दीर्घ सेवा सम्मान

Author Image
आइतवार, असार २७, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ ।
अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो ।

अर्जुनधारामा बसोबास गर्दै साहित्य र खेल क्षेत्रमा योगदान पुर्याउने ५ जना प्रतिभाहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ ।

आइतबार अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा भाषा, कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिको तर्फबाट साहित्यकार कोमलप्रसाद पोखरेल र नगर खेलकुद विकास समितिको तर्फबाट प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भाषा, कला साहित्य तथा संस्कृति प्रवद्र्धनका क्षेत्रमा विगत आठ दशकदेखि निरन्तर लेखन कार्यमा रहदै आउनु भएका साहित्यकार सरोज ओलीलाई अर्जुनधारा दीर्घ साहित्य सेवा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । ओलीलाई सम्मान–पत्र, दोसल्ला र नगत ५१ हजार रुपिँयाले सम्मान गरिएको थियो । प्रमुख अतिथि पोखरेलले सम्मान पत्र, नगर प्रमुख रानाले नगद प्रदान गरेका थिए । त्यसैगरी अर्जुनधारा खेलकुद दीर्घ सेवा अन्तरगत फुटवल क्षेत्र तर्फबाट भगिरथ आले (मामा), हेमनारायण चौधरी (एथलेटिक्स), नारायण सुब्बा (मार्सलआर्ट), तेकान्दो तर्फ जितेन्द्र मेचेलाई अर्जुनधारा दीर्घ खेलकुद सेवा पुरस्कार प्रदान गरिएको छ । चारैजना अग्रज खेलाडीहरुलाई नगर खेलकुद विकास समिति तर्फका प्रमुख अतिथि हिक्मत कार्कीले सम्मान–पत्र र नगर प्रमुख राना र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले जनही १५ हजार नगद प्रदान गरेका थिए ।

भाषा, कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक सुशिला सुवेदी, नगर खेलकुद विकास समिति संयोजक अर्जुन मेचेको संयोजकत्वमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको संचालन कुमार भट्टराईले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर