Aamsanchar

फलोअप : प्रकाश शर्मालाई अस्पतालबाट घर ल्याईयो, अभियान पनि समापन

Author Image
सोमवार, असोज २५, २०७८

चारपाने । समुदायको सहयोगमा मकिएको तिघ्राको हड्डी फेरेर स्वाथ्य लाभ गर्दै गरेका झापा बिर्तामोड–२ चारपाने निवासी प्रकाश शर्मालाई आज अस्पतालबाट घर ल्याईएको छ । दुबै खुट्मा देखा परेको रोग समस्याका कारण दुई बर्ष देखि ओछ्यान परेका शर्मा उपचार पछि सामान्य रुपमा हिड्न सक्ने भएका छन् । अस्पतालका चिकित्सको भनाई अनुसार निरन्तर फलोअपमा अस्पताल जानुपर्ने, थेरापी गर्नेकार्यलाई निरन्तरता दिदै जाने हो भने छिट्छै सामान्य रुपमा हिडडुल र दैनिक कार्य गर्न सक्ने बिएण्डसी अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निराजन पराजुलीले बताए ।

कदर–पत्र ग्रहण गर्दै दुर्गा प्रसाईं । प्रदान गर्दै अभियानका संयोजक डिल्लीराम सिटौला, वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला साथमा प्रकाश विमली ।

राजमिस्त्री काम गरेर परिवार चलाउदै आएका ३२ बर्षे प्रकाश शर्मा विरामी अवस्थामा ओछ्यान परेर खर्च अभावमा पिडा खपेर जीवनमनको अवस्थामा रहेको वेला आमसंचार डटकमले प्रकाशको बारेमा समाचार बाहिर ल्याएको थियो । समाचार बाहिरेसंगै स्थानिय युवा किरण पौडैलले सामाजिक सञ्जाल मार्फत सहयोगको घोषणा गर्दै अन्य व्यक्तिहरुसंग पनि सहयोगको लागि अपिल गरेका थिए ।

प्रकाश शर्माको उपचारको लागि स्थानीय संघसंस्था व्यक्तिहरु सहित देश विदेशबाट हजार जना भन्दा धेरैले सकेको सहयोग गरेका थिए । उता अस्पतालले प्रकाशको उपचारकोलागि २२ लाख खर्च लाग्ने बताए पछि उक्त रकम जम्मा नहुने पो हो की भनेर अलमलमा परेको अभियान समितिलाई विएण्डसी अस्पतालले पनि सहयोग गरेको थियो । अस्पतालले उपचारमा लाग्ने समाग्री बाहेकका अन्य सबै खर्च छुट गरेर १२ लाख रुपियाँमा सम्पूर्ण उपचार गरिदिने प्रतिवद्धता जनाएपछि प्रकाशको उपचार अघि बढेको थियो ।

कदर–पत्र ग्रहण गर्दै डाक्टर निराजन पराजुली । प्रदान गर्दै अभियानका सदस्य उपेन्द्र पराजुली र समाजसेवी मदनगोपाल सुब्बा अभियानका सदस्य अर्जुन मैनाली ।

दूई महिनाको समय भित्र दुबै खुट्टाको सफलतापूर्वक शल्यक्रिया गरेर पिडित शर्मा, अभियन्ता र दाताहरुको अपेक्षा अनुसारको उपचार गरिदिएको भन्दै बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, उपचारमा संलग्न डाक्टर निराजन पराजुली, इसाद खान, कृष्णकान्त यादव, र राजिव साह र आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डेलाई कदर–पत्रद्वारा सम्मान गरिएको थियो । प्रसाईंलाई अभियानका संयोजक डिल्लीराम सिटौला, वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले डाक्टर पराजुलीलाई अभियानका सदस्य उपेन्द्र पराजुली र समाजसेवी मदनगोपाल सुब्बाले पत्ररकार पाण्डेलाई सहारा नेपाल साकोसका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौला र शिक्षासेवी राम सिटौलाले कदर–पत्र प्रदान गरेका थिए । सम्मानकै क्रममा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रकाश शर्माको उपचार प्रक्रियाको बारेमा आफ्नो धारणा राखेका थिए । उनले विउण्डसी अस्पताल आफ्नो लागि नभएर समुदायको लागि बनाई दिएको, समुदायमा केही व्यक्तिले अस्पताल महंगो भनेर भ्रम फैलाउने काम गरिरहेका छन् । अस्पताल धरानको घोपा भन्दा महंगो नभएको दावी गरेका छन् ।

कदर–पत्र ग्रहण गर्दै पत्रकार विनोद पाण्डे । प्रदान गर्दै सहारा नेपाल साकोसका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौला र शिक्षासेवी राम सिटौला ।

समाजमा दशैंको महोलले उमंग बढेको छ । सबैमा खुशीयाली छाएको छ । प्रकास र उनको परिवारमा त्यो भन्दा पनि धेरै खुशीयाली देखिएको छ । जीवन नै अन्त्य हुने हो भनेर निरास बनेका प्रकाश शर्माको मुहारमा हाँसो देखिएको छ । प्रकाशले दाता, अभियन्ताहरुलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा स्थानिय नागरिक, संघ संस्थाका प्रतिनिधी, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला लयातले अभियानको बारेमा आफ्नो धारणा राखेको थिए । कार्यक्रमको संचालन अभियानका सचिव जगन्नाथ अधिकारीले गरेका थिए ।

अतिविपन्न वर्गका प्रकाश शर्माको उपचारको लागि समुदायबाट प्रकाश बचाउन अभियान सुरु गरिएको थियो । भदौ २ गते औपचारिक रुपमा अभियान सुरु गरिएको अभियान अन्तरगत १९ लाख ९८ हजार रकम संकलन भएको र उक्त रकमबाट १२ लाख ५० हजार बिएण्डसी अस्पतालमा र केही ऋण तिर्नेकाम पनि अभियानले गरेको छ । जम्मा १६ लाख रुपियाँ खर्च भएको आयव्य सार्वजनिक गर्दै अभियानका संयोजक डिल्लीराम सिटौलाले सभियानको समापन गरेका छन् ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर