Aamsanchar

नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत

Author Image
शुक्रवार, असोज २९, २०७८

नेपालमा थप २७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९ जना, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।

यही अवधिमा ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । यही अवधिमा थप ८ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।

देशभर १३ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर