Aamsanchar

मेची राजमार्गको इलाम क्षेत्रमा पहिरो हटाउने काम हुदै, पाँचथर–ताप्लेजुङ सडक सुचारु

Author Image
बिहिवार, कार्तिक ४, २०७८

इलाम । पहिरोको कारण अबरुद्ध भएको मेची राजमार्गको ठाउँ ठाउँमा पहिरो पन्छाउने काम भई रहेको छ । ताप्लेजुङ–पाँचथर खण्ड भने सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि यातायात आवतजावत बन्द रहेको राजमर्ग खुलाउने काम बुधबार सबेरैबाट सुरु गरिएको थियो ।

आजबाट ताप्लेजुङबाट पाँचथरको फिदिम देखि राँके सम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।
राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्र्काइब्रेट, नेपाली सेना, शसस्त्र प्रहरी खटीएको थियो । अहिले बाटो सञ्चालनमा आइसकेको छ ।

पाँचथर देखि इलामको रक्से सम्मको सडकमा भएको अबरोध खुलाउने प्रयास भइरहेको इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । आज बेलुकासम्मका सडक सञ्चालनमा आउने उनको भनाई छ । उक्त अबरोध हटे मेची राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

इलामको मंगलबारेदेखि नेपालटारसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको इलाम प्रहरीले जनाएको छ ।
बाटो अबरोध हुँदा मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका थिए । यसका साथै तमोर करिडर, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् ।

ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तमा गएका तथा फर्किदै गरेकाहरु बाटोमा अलपत्र भएका थिए । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम लालीखर्कमा बस्न बाध्य बनेका थिए ।
पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पीक सडक भहुदाँ समस्या भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर