Aamsanchar

नीति भन्दा बारिह रहेर व्यवसाय गर्नेको कर, जरिवाना छुटको कुरा लिएर नआउनु : रिजाल

Author Image
बिहिवार, कार्तिक ११, २०७८

बिर्तामोड । आन्तरिक राजश्व कार्यालय झापाको नेतृत्व सम्हाल्न आईपुगेका प्रमुख कर अधिकृत शुभ रिजाललाई आज विर्तामोडमा स्वागत गरिएको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा संघको कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बिर्तामोडका उद्योगी व्यवसायीहरुले फूलगुच्छाले रिजाललाई स्वागत गरेका थिए ।

आन्तरिक राजश्व विभागबाट सरुवा भई गृह जिल्ला झापा आएका प्रमुख कर अधिकृत रिजालले सरकार र आन्तरिक राजश्व कार्यालयले नीतिगत इमान्दार भएर काम गर्ने व्यवसायीहरुलाई संरक्षण गर्ने र नीति भन्दा बाहिर गएर गतिविधी गर्ने व्यवसायीहरुलाई सुस्मरुपले पहिचान गरेर कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
रिजालका अनुसार ‘हाल नेपालमा ८९ प्रतिशत व्यवसायी करको दायरामा रहेर व्यवसायी गर्दै आएका छन् । बाँकी दुई प्रतिशत व्यवसायीले कर छली गरेर एकलौटी मोटाउने काम गरेको तथ्याङकले देखाएको छ ।’ अब त्यस्ता व्यवसायीहरुलाई आन्तरिक राजश्व कार्यालयले नछोड्ने, त्यस्ता व्यवसायीको कर जरिवाना छुटको लागि बाणिज्य संघबाट आग्रह लिएर पनि नआउन बाणिज्य संघका पदाधिकारीहरुलाई सुझाएका छन् ।

सरकारले व्यापार व्यवसाय गर्ने होईन, नीजि क्षेत्रबाटै गरिने हो, उपभोक्ताले तिरेको कर बाटै राज्य संचालन हुने भएकोले सबै व्यवसायीहरु करको दायरामा आउनु पर्ने रिजालले धारणा राखेका थिए । बोल्ने क्रममा प्रमुख कर अधिकृत रिजालले कर कार्यालय र व्यवसायी बीच नङ र मासुको सम्वन्ध रहेको छ । यो सम्वन्धलाई अझ प्रगाढ बनाउन कार्यालयको तर्फबाट योजनाबद्ध कार्यक्रमहरु तयार पारिने छ, कर सम्वन्धी तालिम र कर सचेतना कार्यक्रमहरु संचालन गरिने छ, त्यसमा व्यवसायीहरले पनि साथ दिनुपर्ने हुन्छ, कोरोनाको कारण व्यवसाय धरासायी र अज्ञान्ताको कारण कारोवार अपडेट नगरेको कारण कर बकौता र जरिवाना तिर्न नसकेका व्यवसायीहरुको हितको लागि सरकारले  तिर्न बाँकी रहेको पुरानो कर र जरिवानामा ९० प्रतिशत सम्म छुट दिने भनेको छ, पुष महिना भित्र उक्त सुविधा लिन पनि रिजालले आग्रह गरेका छन् ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)