Aamsanchar

मिस झापाको दोस्रो संस्करण कार्तिक १५ गते

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

बिर्तामोड । मिस झापा दोस्रो संकरण ‘मिस झापा २०२१’ को ग्रान्ड फिनाले कार्तिक १५ गते सोमबार बिर्तामोडमा हुने भएको छ । बिर्तामोड स्थित होटल किंग्स बेरीमा आयोजना हुने फाईनल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुने ग्रान्ड फिनाले उक्तदिन बेलुका ४ बजेदेखि हुने आयोजकले बताएको छ ।

मिस झापा २०२१ मा सहभागी हुने हरुको बन्द प्रशिक्षण सम्पन्न भईसकेको छ । किशारीहरुले बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, स्थानिय पर्यटन, नेतृत्व व्यक्तित्व विकास जस्ता तालिमहरु लिईएका कार्यक्रम संयोजक जीवनकुमार खड्काले बताए ।

अडिसनबाट छनोट भएका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका १४ जना किशोरीहरु तालिम पछि फाईनल प्रतियोगिताको लागि तयारी अबस्थामा रहेका जेसीज महासचिव एलसी श्रेष्ठले जानकारी दिए ।

मोडलिङ कला क्षेत्रमा आफ्नो भविश्य खोज्नेहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

मिस झापालाई वीरता जेसीजको ब्रान्डको रुपमा अब हरेक वर्ष गर्ने योजना रहेको अध्यक्ष धिमालले बताए । उनले कमाउने भन्दा पनि सभ्य, भव्य र पारदर्शी समाज निर्माण गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

मिस झापाको उपाधि जित्ने प्रतियोगीले मिस नेपालमा सिधै भाग लिन सक्ने, म्युजिक भिडियोमा खेल्न पाउने, टिभिएसको स्कुटर र विभिन्न छात्रबृद्धि र उपहारहरु प्राप्त गर्ने संयोजक खड्काले बताए । उपविजेताहरुले विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर