Aamsanchar

कालोपट्टी बाँधेर कानुन व्यवसायीको आन्दोलन

Author Image
आइतवार, कार्तिक १४, २०७८

   

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसाेसिएशनले आजदेखि आन्दोलन सुरु गरेको छ ।

आज पहिलो दिन कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारको नेतृत्वमा उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध गरेका हुन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको र राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राखेको छ ।

बार एसाेसिएशनले अस्ति शुक्रवार आन्दोलनका कार्यक्रम घोषणा गरी प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ । आउँदो बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर