Aamsanchar

शेयर सदस्यलाई सहायता : सहारा नेपाल साकोसले एकै दिन बाँड्यो डेढ करोड रुपियाँ

Author Image
मङ्गलवार, कार्तिक १६, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड– १९ महामारीबाट पिडित शेयर सदस्य तथा उनिहरुका परिवारका सदस्यहरुलाई कोभिड सहायता कार्यक्रम मार्फत सम्झिएको छ ।

आज संस्थाले परिवार राहत, कोभिड उपचार सहयोग तथा मेडिसिन सपोर्ट शीर्षकमा १ करोड ४७ लाख ४६ हजार रुपैयाँ वितरण गरेको हो ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कोभिड सहायता कार्यक्रमको औचित्य र महत्वमाथि चर्चा गर्दै कठिन परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारी एवम् समुदायको हितका लागि मन फुकाएर सहयोग गर्नु आफ्नो दायित्व सम्झेर सहयोग प्रदान गरिएको बताए ।

सहारा नेपालले कोभिड १९ संक्रमण भएर मृत्युवरण गरेका आफ्ना शेयर सदस्यको परिवारलाई सहाराको स्मरण भइरहोस् भन्ने मनसायले परिवार राहत प्रदान गरेको छ ।
जसअनुसार यसवर्ष कोभिडबाट दिवंगत भएका १४ जना सेयर सदस्यको परिवारलाई जीवन यापनमा सहजता होस् भन्दै २७ लाख रुपैयाँ प्रदान गरिएको छ । बिर्तामोडमा आज आयोजित कार्यक्रममा चाहिँ स्थानीय ५ वटा सेवा केन्द्रका ११ जनाको परिवारलाई २१ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संस्थाले कोभिड संक्रमित भएर घरमै औषधी सेवन गरेर निको भएका सेयर सदस्यहरुलाई मेडिसिन सपोर्ट अन्तरगत प्रतिब्यक्ति ७ हजार रुपैयाँका दरले ९७८ जनालाई ६८ लाख ४६ हजार प्रदान गरिने जनाएको छ । आजको कार्यक्रममा स्थानीय ५ वटा सेवा केन्द्रका सदस्यहरुलाई उक्त रकम प्रदान गरेको हो । बाँकी  सदस्यहरुलाईलाई सेवा केन्द्र मार्फत नै रकम उपलब्ध गराउने बताईएको छ ।

यसैगरी, कोभिड संक्रमण भई अस्पतालमा बसेर उपचार गराउने ३९ जना सेयर सदस्यहरुलाई कोभिड उपचार सहायता अन्तरगत ५२ लाख रुपैयाँ भुक्तानी गरिएको छ । आजको कार्यक्रममा प्रतिनिधिमुलक ढंगबाट एकजनालाई २१ हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीले गतवर्ष सदस्यहरुले लिएको कर्जाको ब्याज छुटवापत ३ करोड ४५ लाख रुपैयाँ, कार्यक्षेत्र भित्रका ७० वटा पालिकालाई २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म गरी ५६ लाख रुपैयाँ तथा कोरोना संक्रमित सदस्यको परिवारलाई पोषणभत्ता प्रदान गरिएको जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कोभिड सहायता कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख गिरी, वरिष्ठ चिकित्सक डा. शरद भट्टराई लगायतले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईंले नेपालकै अग्रणी सहकारी सहारा नेपालको नामै काफी रहेको बताइन् । पूर्वमा यतिबेला सहारा नेपालकै सहारा लिएर समाज अगाडि बढिरहेको भन्दै उनले संस्था सञ्चालकहरुको सुझबुझपूर्ण कार्ययोजना कै कारण पहिचान फराकिलो बनेकोमा गौरव मान्नुपर्ने बताइन् ।

कोरोना गइसकेको छैन, यतै सुशुप्त अवस्थामा बसेको छ, लापरवाही नगरौं भन्ने सन्देश प्रवाह गर्दै नगर उपप्रमुख प्रसाईले सहारा नेपालले आफ्ना सदस्यहरुको संरक्षणमा पुर्याएको योगदानको सम्मान गरिन् । सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा. शरद भट्टराईले पोष्ट कोभिड के हो र यसबाट कसरी बच्ने भन्ने विषयमा सहजीकरण मन्तब्य राखेका थिए । कोरोना विरुद्ध उपलब्ध खोपहरु सबैले लगाउन सचेत गर्दै डा. भट्टराईले भ्याक्सिन लगाउँदा एलर्जी हुँदा चिकित्सकसँग परामर्श लिन सुझाए ।

संस्थाका अधिकृत कर्मचारी मातृका सुवेदीले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग पाउने मध्येबाट गोपाल संग्रौलाले धन्यवाद मन्तब्य राखेका थिए । तिहारको मुखमा आयोजना गरिएको कार्यक्रमलाई सांस्कृतिमय पनि बनाईएको थियो । कार्यक्रममको सुवातीमा देउसी खेलेर खुसीयाली साटासाट गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर