Aamsanchar

पक्राउ परेका ११ अफगानीलाई ‘युएनएचसीआर’को जिम्मा

Author Image
शनिवार, मंसिर ४, २०७८

काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय ९युएनएचसीआर०को जिम्मा लगाइएको छ । शुक्रबार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।
निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृहमन्त्रालयका प्रवक्ता ९सहसचिव० फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।

२०७८ कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान व्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधार कार्ड देखाएर छिरेका उनीहरु सिनामंगलस्थित फेसबुक होटलमा बसेका थिए । तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो ।

भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरु नेपाल आएका हुन् । भिसा हुनेहरुमा मोहम्मद जामराई स्टानिकजाई, नाजिफ स्टानिकजाई, मिस्बाह जाइनाव स्टानिकजाई, नोरुल हाया स्टानिकजाई र ८ वर्षका मोहम्मद रायन स्टानिकजाई छन् ।

अध्यागमन विभागले उनीहरुलाई मेक्सिको पठाएको थियो । तर, श्रीलंकाको ट्रान्जिटबाट उनीहरुलाई फिर्ता गरियो । ती ५ जनासहित ११ जना अफगानीलाई अध्यागमन विभागले थुनामा राखेको थियो । नयाँ दिल्लीमा भारतीय नागरिकले लिने आधारकार्ड बनाएर उनीहरु नेपाल आएका थिए । आधारकार्ड बनाउने बिचौलिया सक्रिय भएको पक्राउ परेका अफगानीहरुको बयानबाट थाहा भएको छ ।

अब यूएनएचसीआरले उनीहरुलाई शरणार्थी प्रमाणपत्र दिनेछ । सो प्रमाणपत्र पाएका विदेशीलाई सुरक्षाकर्मीले पक्राउ गर्न पाउँदैनन् ।

रातोपाटी साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर