Aamsanchar

मतगणनाका क्रममा रुपन्देहीमा कांग्रेसका दुई पक्षबीच झडप , पाँच जना घाइते

Author Image
शनिवार, मंसिर ४, २०७८

काठमाण्डाै – कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ । सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश-३ (क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर