Aamsanchar

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

Author Image
शनिवार, मंसिर ४, २०७८

विराटनगर – विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको शनिबार बिहान मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि जेलमा सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–७ का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार शर्मालाई अचानक न्यून रक्तचापको समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।

शुक्रबार राति अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा सुधार भएको भन्दै शनिबार बिहान ६ बजे अस्पतालले डिस्चार्ज दिएको थियो । त्यसपछि शर्मालाई कारागारभित्र लगिएको पोखरेलले बताए । उनका अनुसार पुनः स्वास्थ्यमा समस्या देखिएपछि बिहान दोस्रो पटक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई बिहान ७ः४० बजेतिर मृत घोषित गरेको जानकारी निमित्त जेलर पोखरेलले दिए । उनले शर्माको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी भइरहेको बताए ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले उनलाई २०७१ साल मंसिर १२ गते ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । अदालतको फैसलापछि उनी मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर