Aamsanchar

‘आज गुट अन्त्य भयो’ : लिङ्देन

Author Image
आइतवार, मंसिर १९, २०७८

फायल फोटो : आमसंचार

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले    विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गरेका छन् । निर्वाचित भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने  ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’

‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन,’ उनले अगाडि भने, ‘यो विजयको, नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’

राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने बताए । ‘अब परिणाममा देखाउनुपर्छ । मेरो काँधमा पनि कुराले होइन, परिणामले देखाउने जिम्मेवारी आएको छ,’ उनले भने ।

उनले पुराना पुस्ताका नेताहरुको साथ र सहयोगबाटै अघि बढ्न चाहेको बताए । राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका नदिने उनले बताए । ‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर