Aamsanchar

टोपी तथा राष्ट्रिय पोसाक दिवस

Author Image
शनिवार, पौष १७, २०७८

सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ ।

विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।

ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । ‘ढाका’ नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।

नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।

जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपालै नरहे

पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूर्ण छ । जाँदाजाँदै सोध्न चाह्यौँ, के तपाईँसँग नेपाली टोपी छ ररु

राष्ट्रिय पोसाक दिवस
कस्तो संयोग परेको छ भने यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस एकै दिन पर्न गएको छ । पुस १७ गतेका दिन “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोसाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि।सं। २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोसाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोसाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्त्व छ ।

राष्ट्रिय पोसाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो।

विगतका विभिन्न क्रान्तिहरूमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोसाक,रीतिरिवाज समाप्त भए त्यसै गरी नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोसाकको रूपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोसाक ९दौरा सुरुवाल,टोपी,गुन्यू चोली० लाई सरकारले औपचारिक पोसाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो।

जनस्तरमा देखिएको पहिचानको यस स्वस्फुर्त योगदानमा सरकारको चासोको जरुरी हैन र ?
विदेशी पोसाकको फेशन र प्रयोगमा चुर्लुम्म डुबेको नेपाललाई आजको यस दिवसको मौलिकताको विशेष महत्त्व छ । नेपाली पोसाक लगाउँदाको गौरव र ठाँटको पूर्नब्याख्या गर्न र यसको प्रयोगलाई युवाहरू माझ थप व्यवहारिक बनाउन आजको निको महत्त्व निकै छ ।
राष्ट्रिय पोसाक दिवसको मूल लक्ष्य भनेको नेपालको औपचारिक पोसाक सरकारले घोषणा गरी सिङ्गो नेपालीहरूको पहिचान विश्वसामु पुर्‍याउनु हो। राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोसाक संरक्षणको पहल गरियोस् भन्दै विगत ८ वर्ष देखी निरन्तर सम्बन्धित निकायहरूमा पैरवी गर्दै आएका छन्।

आजको दिन विभिन्न जिल्लाहरूका अभियान्ताहरु को सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै हरेक नेपालीहरूको मानसपटलमा पोसाकको सम्मान,आवश्यकता र संरक्षणमा युवाहरूलाई समेट्दै जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

हरेक देशको आफ्नो पोसाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछ त्यसैसरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोसाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोसाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको राष्ट्रिय पोसाक लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।

हाम्रो नेपाली पोसाक विश्वमा नै पृथक्,ऐतिहासिक र बेग्लै पहिचान बोकेको पोसाकको रूपमा रहिआएको छ । हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओहदाका व्यक्तित्वहरूको आचरण तथा शिष्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोडिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरूले राष्ट्रिय पोसाक लगाई वैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला।

नेपालीपना झल्काउनका लागि के हुनपर्दछ ?
ढाका टोपी, नेपाली लवज र भाषा, राष्ट्रिय पोसाक आदि आदि धेरै कुराहरू छन् । तर के यी सबै कुराहरू हामीले जोगाउन सकेका छौँ त रु आगामी पुस्ताका लागि हामीले यी कुराहरुको धरोहर अर्थपूर्ण रूपमा जोगाएका छौँ त ?
नेपालीमा विदेशी लवज मिसाएर बोल्छौँ, ढिँडो र गुन्द्रुक त हराइहाले, नेपाली टोपी र पोसाक एक जोर सम्म छ कि छैन ?
याद गरौँ, मौलिक पहिचान बिना राष्ट्रियताको जराहरु अलमलाउन सक्छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे र ?
राष्ट्रिय पोसाक दिवसको शुभकामना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर