Aamsanchar

झापा गोल्डकपमा नेपाल आइसको इन्ट्री

Author Image
आइतवार, फागुन ८, २०७८

बिर्तामोड । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको लागि मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि मनिष सिंह र गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौता गरेका छन् ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणका लागि गोल्डकपका अध्यक्ष विनोद बस्नेत र नेपाल आइसका मार्केटिङ मेनेजर मनिष सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस बर्ष पहिलो पटक झापा गोल्डकपमा नेपाल आइसको इन्ट्री भएको हो ।

गोल्डकपको पाँचौ संकरणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आफ्नो कम्पनीको उत्पादन नेपाल आइस बियरले गोल्डकप प्रायोजन गरेको सिंहले बताए।

झापाको भूगोल र फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए । ‘विर्तामोडका व्यवसायीले खेलकूद क्षेत्रमा खासै चासो दिएका छैनन्’ बस्नेतले भने ‘ बिर्तामोडमा विभिन्न क्षेत्रबाट आएर व्यवसायगरी लाखौं रुपैंयाँ कमाए पनि खेलकूदको क्षेत्रमा सहयोग सहयोग भएको छैन ।’ उनले खेलप्रति पनि सबै व्यवसायीले सहयोग गर्न आग्रह गरे ।

झापा गोल्डकप फागुन २१ देखि विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 531

प्रतिक्रिया (०)