Aamsanchar

श्री पाउ पाथीभरा धाममा तीर्थयात्रीको संख्या बढ्दो

Author Image
आइतवार, असार ५, २०७९

मेचीनगर । धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल झापाको मेचीनगर —१३ मा रहेको श्री पाउ पाथीभरा धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको संख्या बढ्दो छ । विभिन्न जाति, धर्म, संस्कार र सम्प्रदायका मानिसको आस्था पाथीभराप्रति चुलिँदो छ । मेचीनगरसहित छिमेकी पालिका र भारतको सिक्किम, पश्चिमबंगाल, बिहार, उत्तरप्रदेश भुटान र बंगलादेशसम्मका तीर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

ताप्लेजुङमा रहेको मुख्य पाथीभरासहित पूर्वका विभिन्न स्थानमा शाखा पाथीभराहरू स्थापना गरिएका छन् । त्यही मध्येको एक हो झापाको मेचीनगर —१३ मा रहेको श्री पाउ पाथीभरा धाम । यसक्षेत्रको अर्काे महत्वपूर्ण धार्मिक तथ्य चारआली चोक पूर्वको एउटा नदी अलौकिक तवरले उत्तरतर्फ बहन पुगेको छ । यसको पनि छुट्टै धार्मिक महत्व रहेको छ । जुन नदीलाई उत्तरगंगा नाममले पुकार्ने गरिएको छ । दुवै शक्तिपीठको संरक्षण एवम् सम्वद्र्घन गर्ने उद्घेश्यले श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समिति गठन गरेर विशुद्घ धार्मिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय झापामा विधान समेत दर्ता भएर २०७१ साल असोज ११ गतेदेखि पाउ पाभीभरा धामले परिचित भएको समितिका सदस्य देविभक्त श्रेष्ठको भनाई छ ।

यो धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको आर्कषणको केन्द पनि बनेको छ । यो धाम बहुधार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएका कारण पनि धामप्रति आन्तरिक तथा बाह्य तीर्थयात्रीको अर्कषण बढेको समितिको भनाई छ । पाथीभरा धाम प्रवद्र्धनका लागि २०७१ सालमा समुदायस्तरबाट गठित श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समितिले पूर्वाधार विकास र प्रचार–प्रसारको काम गरिरहेको छ । साताको शनिवार र मंगलवार यहाँ पूजाआजाका लागि मानिसको निक्कै ठूलो भीड लाग्ने गर्दछ । मेचीनगरक्षेत्रबाट नभई पूजाआजाका लागि छिमेकी पालिका र अन्य जिल्लार सीमावर्ती भारतका विभिन्न स्थानबाट पनि तीर्थयात्रीहरु आउने गरेको धामका कार्यालय सचिव रामप्रसाद पौडेल बताउनुहुन्छ ।

पाथीभरा दर्शन र पूजाआजाका लागि उपयुक्तबार शनिवार र मंगलबार भएपनि हप्ताको सातैदिन तीर्थयात्रीहरू आइरहने कार्यालय सचिव पौडेलको भनाई छ । धाम परिसरमा पाथीभरासहित दुर्गा भवानी, विष्णु लक्ष्मी र अन्य भगवानका मुर्ति समेत राखिएको छ । त्यसले पनि मानिसलाई धामप्रति आर्कषण गर्ने गरेको छ ।

प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेको छ । पाथीभराको महत्व त्यहाँ धाम परिसरमा अवस्थित देवी र अन्य भगवनका मूर्तिकै कारणले बढेको हो । आजभोलि सबैले पाउ पाथीभरा देवी भनेर चिन्छन् । पाउ पाथीभरा धाम अब मन्दिर वा दर्शन गर्ने आधार मात्र नभएर संस्कृतिको रूपमा विकास हुदैं गएको छ ।

पाउ पाथीभरा दर्शनका लागि धेरै पहिलेदेखि नै तीर्थयात्रीहरु आउने गरेका थिए । शुरुमा स्थानीय तीर्थयात्रीहरुको मात्र भीड हुने भएपनि अहिले प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेका कारण निक्कै टाढा टाढाबाट तीर्थयात्रीहरु आउने गरेका छन् ।

पाथीभरा धामको दर्शन र धाममा पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । धेरैले पाथीभरा दर्शन गरेपछि विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको बताउने गर्छन् । पाथीभरा धाममा मानिसको दुःख हरण गर्ने अद्वितीय शक्ति रहेको भन्दैं तीर्थयात्रीहरु पाथीभरामा अलौकिक शक्ति रहेको विश्वास समेत गर्छन् ।

पाथीभरा धामको लोकप्रियताकै कारण पूर्वका विभिन्न जिल्लामा शाखा पाथीभरा मन्दिरहरू पनि स्थापना गरिएको धार्मिक व्यक्तित्व देविभक्त श्रेष्ठको भनाई छ ।

इलामको कुटीडाँडा, झापाको चारआलीमा स्थापित पाउ पाथीभरा, तेह्रथुमको हरिसे, वसन्तपुर, टुटे देउराली, संखुवासभाको चौकीबजार, सिद्धेश्वरीमा पनि पाथीभरा मन्दिर स्थापना गरी दर्शन गर्ने क्रम बढेको छ। यी सबै ठाउँबाट ताप्लेजुङको मुख्य पाथीभरा रहेको ठाउँ देख्न सकिने श्रेष्ठको भनाई छ ।

पाथीभरा धामले मेचीनगरको परिचय मात्र दिएको छैन, पर्याप्त आम्दानीसमेत दिएको पूजाका सामग्रीहरु विक्री गर्दै आएका व्यवसायीहरु बताउछन् । पाथीभरा धाममा पूजाआजा र दर्शन गर्न आउने एकजनाले औसतमा ५ सय देखि एकहजार रुपैयाँ खर्च गर्ने गरेको पाइएको व्यवसायीहरुको भनाई छ ।

अझै पनि यो धाममा गर्नुपर्ने थुप्रै कामहरु छन् । कम से कम स्थानीय सरकारले यो धामलाई एउटा धार्मिक पर्यटकीय स्थलमारुपमा विकास गर्ने हो भने यसबाट स्थानीय सरकारको आम्दानीको स्थायी स्रोत बन्नेमा कुनै दुइमत छैन् । यसमा स्थानीय सरकारले ढिला गर्नुहुदैंन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१