Aamsanchar

झापामा नैरोबी फ्लाइको प्रकोप, यस्तो हुन्छ असर

Author Image
बिहिवार, असार २३, २०७९

झापा । झापामा नैरोबी फ्लाइ नामको किराको प्रकोप बढेको छ ।
पूर्वी अफ्रिकाबाट भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी हुदै नेपालको पूर्वी क्षेत्रमा नैरोबी फ्लाई प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।
विषेशगरी झापाका विभिन्न स्थानमा केही समय देखि नैरोबी फ्लाईको प्रकोप देखा परेको हो ।

झिंगा प्रजातीको यो किराले मानिसको छालामा एसिड फाक्ने काम गर्ने गर्दछ । झापामा सयौं को संख्यामा नैरोबी फ्लाईबाट मानिसहरु पिडित बनिसकेका छन् । सचेतनाको लागि सामाजिक संजालमार्फ सर्वसाधारणले सुसुचित गराउने काम पनि गरि रहेका छन् ।

नैरोबी फ्लाइको फैलावट धेरै छिटो हुन्छ । कमिला जस्तो देखिने यो कीरा निकै खतरनाक हुन्छ । भनिन्छ, यी झिंगाले टोक्दैनन् । तर, यदि झिंगा बस्यो वा शरीरमा टाँसियो भने, त्यसलाई छुनु हुँदैन । जब छोइयो, वा कुचियो, यसबाट एसिड जस्तो विषाक्त पदार्थ निस्कन्छ, जसलाई पेड्रिन भनिन्छ । जुन धेरै हानिकारक छ । जब यो पेड्रिन छालाको सम्पर्कमा आउँछ, यसले रासायनिक जलाउँछ । यदि यो खतरनाक पेड्रिन आँखामा रगड्दा आँखामा पुग्यो भने केही समयका लागि संक्रमित व्यक्ति अन्धोपनमा पनि जान्छन् । कसैलाई यसको बस्ने वा शरिरमा टाँसिएको थाहा भएमा यसलाई बिस्तारै उडाउनुपर्छ वा ब्रसले यो एसिड हटाउने त्यसपछि छालालाई साबुनले राम्ररी सफा गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।

सिक्किम कलेजका १०० विद्यार्थी संक्रमित
पूर्वी सिक्किमको एक इन्जिनियरिङ कलेजका करिब १०० विद्यार्थी नैरोबी फ्लाईसको सम्पर्कमा आएपछि गम्भीर छालाको संक्रमणबाट पीडित भएका थिए ।
अधिकारीहरूका अनुसार पूर्वी अफ्रिकामा पाइने नैरोबी फ्लाईहरू माझिटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसमा द्रुत गतिमा फैलिएको थियो । अधिकारीहरूले भने भर्खरै झिंगाबाट संक्रमित एक विद्यार्थीको हातको शल्यक्रिया गर्नुपरेको थियो । पस्चिम वंगल स्वास्थ्य विभागका अधिकारीहरूले ती झिंगाहरू स्वदेशी नभई प्रजनन वातावरण र पर्याप्त खाद्यान्नको खोजीमा नयाँ क्षेत्रमा बसाइँ सर्ने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
3
+1
1
+1
11
+1
5
+1
9
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर