Aamsanchar

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव राप्रपामा प्रवेश

Author Image
बिहिवार, असार २३, २०७९

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । आज नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् ।केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरेका थिए । संगठनका अध्यक्ष रजवार कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिना अघि मात्रै विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए ।

Views: 361

प्रतिक्रिया (०)