Aamsanchar

बुढीगंगा नगरको मेयर-उपमेयरमा एमाले विजयी

Author Image
आइतवार, असार २६, २०७९

बाजरा : बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएको छन्। नगर प्रमुखमा रामबहादुर बानियाँ र  उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए।

त्यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७२७ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्।

मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा कांग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

यस्तै, वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर