Aamsanchar

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्‍मेदवारी, गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाडौं-प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुसालले संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् । बिहीबार संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुसालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर