Aamsanchar

उत्तरायण र दक्षिणायन भनेको के हो ?

Author Image
आइतवार, साउन १, २०७९

वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ। ६–६ महिनाको अवधिमा सूर्य ले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

दक्षिणायनको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

दक्षिणायनको बेला रातहरू लामो र दिनहरू छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिँदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो गरेर लिइएको व्रत एवं गरेको पूजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।

दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरू पर्दछन् त्यसै कारण दक्षिणायनमा आकाशलाई बादलहरूले घेरेको पाइन्छ। व्रत एवं उपासनाको लागि उत्तम मानिने यो समयमा सबैको भलो होस्।

श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नुभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु९स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
1
Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर