Aamsanchar

राजनीतिक भ्रष्ट्रचार

Author Image
आइतवार, साउन १, २०७९

अहिले देशमा भ्रष्टाचार , व्यभिचार , दुराचारको विषयले ठाउँ पाईरहेको छ । यस्मा सामाजिक भ्रष्टाचार , यौन दुराचार पनि समेटिएका छन । यि सबैको आधारभुमी जग के हो र यो कुन जगमा कुन आधारभुमीमा मौलाइरहेको छ । त्यो जग हो राजनीतिक भ्रष्टाचार ।

राजनीतिक भ्रष्टाचार भनेको नीतिगत भ्रष्टाचार पनि हो र अहिले यो प्रधान रुपमा देखा परेको छ।राजनीतिक भ्रस्टचार अहिलेबाट मात्र शुरु भएको होइन, तर पनि धेरै अगाडी नजाउ तत्कालिन राजा ज्ञानेन्द्र बाट जव शेर बाहादुर देउवालाइ असक्षम भन्दै संसद विघटनगरी आफ्नो नेतृत्वमा सरकार संचालन गरे त्यहीबाट गणतन्त्र स्थापना पछी पनि निरन्तर राजनीतिक भ्रस्टचार भइ नै रहयो । केपी ओली प्रधानमन्त्री रहदा पहिलोपटक संसद विघटन गर्दा अदालतले पुनर्स्थापना गरिदिएपछी दोश्रो पल्टपनि संसद विघटन गरिनु राजनीतिक भ्रस्टचार थियो । केपी ओलीकै समयमा राजस्व अनुसन्धान विभाग,गुप्तचर विभाग जस्ता निकायहरुलाइ आफ्ना मातहातमा राख्नु पनि उनको राजनीतिक भस्ट्रचार नै थियो ।यि राजनीतिक भस्ट्रचारले देशमा आफ्नो अनुकुल शाशन संचालन गर्नु मुख्य ध्येय थियो । यस्ता राजनीतिक भ्रस्ट«चार का धेयले अरु भस्ट्रचारहरु जन्मने विज उत्पन्न गर्छ र त्यस्तो भइरहेको देखिएको छ । तत्कालिन नेकपा सरकारबाट यस्ता राजनीतिक घटनाक्रम बडनु र देशमा सुशान नहुनु नौलो कुरा होइन बाम सरकार सर्वसत्ताबाद र अधिनायकबाद हुनु आस्चर्यजनक कुरा पनि होइन । तर अहिले गठवन्धनको सरकार छ र त्यो सरकारको नेतृत्व नेपाली कांग्रेसको र काग्रेसैकै पाटी सभपती शेरवहादुर देउवाले गरिरहेका छन । पाटी सभापति शेरबाहादुर देउवा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्ताबाद र अधिनायकबाद को प्रखर विरोधी थिए । उनले केपी ओलीले अध्यादेशबाट मुलुक चलाएको मा विरोध गर्दै लोकतन्त्रको रक्षाकोलागी नेपाली कांग्रेसको धर्म र नीति रहेको भनेर अध्यादेश विरुद्ध विज्ञप्ति नै जारी गरे ।

देउवा प्रधानमन्त्री भएपछी पाटी फुटाउने ४० प्रतिशत नियमलाइ २०प्रतिशत मा ल्याएर माधव नेपाल लाइ पाटी फुटाउन सहज वातवरण वनाए र भोली पल्टाएर ४०प्रतिशत पुर्याए यस्तो प्रकारको राजनीतिक आचरण ले देशको राजनीतिक संयन्त्र र सवै राजनीतिक दलहरुको संयन्त्र पनि विग्रन्दै गयो र राजनीतिक भाषा, विचार र शैली अराजक वन्दै गयो ।

अहिले उनै शेर वहादुर देउवा प्रधानमन्त्री छन् र उनै केपी ओली पथमा हिडीरहेको भनेर सर्वत्र विरोध भइरहेको छ । विरोध गर्नेहरुमा संविधान विद , कानुन व्यवसायी, नागरिक समाज मात्रै हैन स्वयं उनकै पाटी अर्थात काँग्रेस भित्रैबाट पनि छन् ।

काँग्रेस भित्रमा पनि महाअधिवेशनमा सभापतीका उम्मेदवार रहेका जस्ले ४०।र।प्रतिशत मत ल्याएर काँग्रेस भित्र आफ्नो दरो उपस्थित देखाएका डा। शेखर कोइराला पनि छन । डा शेंखर कोइराला ले ५ बुदे र १२ बुदे सुझाव राख्दै अविलम्व सुधार गर्नु पर्ने ठाउमा सुधार र फिर्ता लिनु पर्ने ठाउमा फिर्ता हुनु पर्ने उल्लेख गरेका छन।

मुल कुरा नेपाली काँग्रेसिको नेतृत्व रहेको यो सरकारबाट जनताले आश गरेको विषय हो शुशान त्यो फिटिक्कै देखिएन र अर्को कुरा संविधानको अक्षरश पालन र शक्ती सन्तुलन वनाइ रहनु त्यो पनि हुदैन, भएन । अहिले संबैधानिक परिषदको विषयमा देउवाले टेवुल गरेको अध्यादेशले संविधानको मर्मलाइ आहात गर्दै शक्ति सन्तुल बिग्रदै गएर मुलुक अधिनायक र सर्वसत्तावाद मा उन्मुख हुने लक्षण र संकेत देखिन्दै छ । त्यता मात्रै हैन संबिधान परिषदको विसयमा सर्वोच्चमा विचाराधीन रहेको मुध्दामा यसरी विधेयक ल्याउन खोज्नु कानुनी राज्यपनि प्रभावित गर्ने देखिन्छ । यो नेपाली काँग्रेसको कानुनी राज्यको अवधारणा विपरित मान्नु पर्ने हुन्छ ।

पुर्व प्रधानमन्त्री केपी ओलीबाट पनि संसद लाइ छल्दै अध्यादेश बाट मुलुक चलाएको सन्दर्भ मा संसदको सर्वोच्चताको कुरा उठेको थियो । अहिले पनि प्रधानमन्त्रीबाट यस्तै रणनीति अपनाएको हुदा याहा व्यवस्थापिका गौण र कार्यपालिका हावी हुदै गर्दा संसदको गरिमा र सर्वोच्चता कमजोर भएको छ । प्रजातन्त्रमा संसदको सरर्वोच्चता लार्इ प्रधनता दिएको छ र काँग्रेस संसदको सर्वोच्चता को लागी सधै लडेको इतिहास छ र अहिले यही पाटी संसद छल्दै अध्यादेश मार्फत विधेयक ल्याउनु निस्चय राम्रो मान्न किन सकिन्दैन भने संसद अर्थात व्यवस्थापिका सधै कार्यपालिका माथि निगरानी राखेर सही बाटोमा ल्याउन सधै क्रियाशील रहेर नियम कानुन वनाउन चाहान्छ, त्यो कार्यपालिकालाइ मन पर्दैन । कार्यपालिका व्यवस्थालार्इ सधै सत्रु ठान्छ। प्रजातान्त्रिक मुलुकमा जव यस्तो विचार र सोचले आधार वनाउछ तव प्रजातन्त्र कमजोर र भ्रस्टचारले गुड वनाउछ।

राजनीति भ्रस्टचार कै कुरा गर्दा अहिले पुर्व अर्थमनत्री ले ल्याएको बजेटमा करको दरमा भएको परिवर्तन पनि राजनीतिक भ्रस्टचार नै मान्नु पर्छ। त्यस्तै राष्ट्रीय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पती सुद्धिकरण जस्ता विभागहरु आफ्नो मातहातमा ल्याउन ल्याउने काम पनि राजनीतिक भ्रष्टाचार नै हो । सर्वोच्च अदालतको तत्कालिन प्रधान न्यायधिश विरुद्ध लगाइएको महाअभियोग लार्इ हाल सम्म न टुग्याउनु पनि राजनीतिक आचरण ठिक भएन जव आचरण खराव हुन्छ त्याहा भ्रस्टचार हुन्छ ।

अहिले काग्रेस भित्र कुनैपनि भातृ संगठनहरु ले पुर्णता पाएका छैनन ।

काग्रेस भित्र गठवन्धनको विसयमा ठिक की वेठिक , यस्ले कांग्रेसको हित गर्छ कि अहित यो विसयमा बहस चलिरहेको छ । यस्मा संस्थापन र संस्थापन इतर समुह डा, शेखर कोइरालाको विच बौचारिक द्वन्द भइरहेको छ । यो वहस र छलफला प्रधानमन्त्री शेरवहादुर देउवाले दिनु भएको जवाफ चै आस्चर्य जनक मात्रै हैन विस्मयकारी छ ू गठवन्धन को विरोध गर्नेहरुले एक्लै चुनाव जितेर देखाउनू । याहा नेर काग्रेस भित्र गठवन्धन को विसयमा छलफलमा सहभागी रहदा ग़ैर दलका नभएर काग्रेस नै थिए र ति उम्मेदवार हुदा कसरी एक्लै निर्वाचनमा सहभागी भएको भन्न मिल्छ ति त कांग्रेसी उम्मेदवार भएर उम्मेदवार हुन्छन र ति उम्मेदवार हुदा सिड्गै काग्रेस रुख चुनाव चिन्न लिएर उम्मेदवार हुने हुन । र त्यस्ता उम्मेदवार लाइ ूएक्लै चुनावलडेर जितेर देखाउ ूभन्नु काग्रेसको मान मर्दन त भएकै छ र आफ्नो पाटीलाइ निरिह र दयनिय देख्नु पनि सभापतिज्युबाट शोभनिय हुदैन ।

राजनीतिक भ्रस्टचारको विसय देशको नीति निर्माणमा मात्रै आउदैन यस्मा राजनीतिक दलका शिर्ष नेताहरु , सरकार संचालनको जीम्मेवारी लिएका व्यक्तीहरुको विचार ,सोच र शैली ले पनि राजनीतिक भ्रस्टचार जन्माइरहेका हुन्छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 611

प्रतिक्रिया (०)

सम्बन्धित खबर