Aamsanchar

नेपाली कांग्रेस र गठबन्धन

Author Image
आइतवार, साउन ८, २०७९

नेपाली कांग्रेसमा गठवन्धन वि पी कोइराला जीवित रहुन्जेल कांग्रेसले कसै संग कुनै पनि आन्दोलनमा र कुनै पनि राजनीतिक दल संग चुनावी तालमेल या गठवन्धन गरेन । त्यती खेर सम्म नेपाली कांग्रेस अन्य पाटीको तुलनामा सवल र दरो थियो । देशको कुनै पनि राजनैतिक भुमिकामा या आन्दोलनमा नेपाली कांग्रेस अग्रणी थियो र कांग्रेस कै वरी परी रहेर अन्य राजनितीकदलहरु पनि आफ्नो भुमिका र उपस्थिती जनाउन कुनैन कुनै रुपमा आफुलाइ सक्रिय गराउथे। त्यो सक्रियता प्राय कांग्रेसको विपक्षमा देखिन्थ्यो तत्कालिन समयमा कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा त्यो शक्ति बाँधकका रुपमा रहन्थ्यो र त्यही भएर वि.पी. त्यस्ता शक्तिहरु देखी टाढा र अलग भएर नै कांग्रेसको छवि बनाउन सफल रहनु भयो । याहाँ सम्म की वहुदल कि निर्दल को जनमतसंग्रमा वि.पी. एक्लैले बहुदलको पक्षमा लाग्नु भयो त्यती खेर मनमोहन अधिकारी लगायत (मोहन विक्रम वाहेक) बहुदलकै पक्षमा रहेका पनि अन्य राजनीतिक दलहरु कांग्रेस को ठिक विपरित थिए धाँधली पूर्ण तरिकावाट जनमतको परिणाम विपक्षमा आएपछी अश्विकार को आन्दोलन सुरु भयो तर पनि वि.पी. ले परिणाम स्विकार गरेपछी आन्दोलन स्थगित भयो त्यतिखेर कांग्रेसमा अनुसाशन र नेताप्रती असिम श्रद्धा र निष्ठा पनि थियो, तर अहिले विपी ले बनाइएको कांग्रेस को साँख अहिलेका पुस्ताहरुले भोगीरहेका छन् र त्यही साँखमा आफ्नो इतिहास बनाउन प्रयत्नशील छन् तर त्यो साँखलाइ अक्षुण राखेर बचाउने भन्दा गिर्दो अवस्था पुर्याएको भन्नु पर्ने अवस्था छ।

वि. पी. को अवशान पछी २०४६ सालमा भएको आन्दोलनमा लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले अन्य राजनीतिक दलहरुसमेतलार्इ सहभागिता गराएर आन्दोलन गर्यो । नेपाली कांग्रेसको इतिहासमा अन्य राजनीतिक दलहरुसंग गठवन्धन गरेर गरिएको आन्दोलन अधिकारिक रुपमा सम्भवत यो नै पहिलो हो । त्यस पछीका समयमा अन्य दलहरु पनि स्थापित हुदै गए र नेपाली जनतामा परिचित हुदै गए त्यो गराउने श्रेय नेपाली कांग्रेसलाइ दिदा हुन्छ लौह पुरुष गणेशमान सिंह को नेतृत्वमा त्यति खेर भएको आन्दोलन पंचायती व्यवस्थाबाट आजित भएर तत्कालिन राजशाही बाट पटक पटक कांग्रेसलाइ धोखा दिदै साशन सत्ता संचालन गरेको कारणबाट नेपाली कांग्रेसले अन्य राजनीतिकदलहरु समेतको सहभागितामा आन्दोलन गर्नु पर्ने अवस्था सृर्जना भएको हो । त्यो कांग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्र हित र राजनैतिक व्यवस्था परिवर्तनको लागी गरिएको थियो त्यस्ले राजनीतिक दलहरुलाइ एकआपसमा वैचारिक र सैद्धान्तिक रुपमा फरक भएपनि राजनीतिक व्यवस्था परिवर्तनको लागी एक ठाँउमा उभ्याएको थियो र त्यो कुनै निर्वाचनमा जाने गठबन्धन थिएन ।त्यो काम गणेशमान सिंहको नेतृत्वबाट सम्भव भयो तर पनि त्यस्को अर्को पाटा के भयो भने अन्य राजनितिक दलहरु स्थापित हुदै गए स्थापित गराउनेकाम कांग्रेसले नै गर्यो र आफु कमजोर हुदै जाने अवस्था पनि पैदा भयो ।

६२÷६३ को संयुक्त जनआन्दोलनले त मुलुकमा आमुल परिवर्तन नै आयो राजशाही गयो मुलुक धर्म निरपेक्ष भयो र मुलुक संघिय गणतान्त्रिकमा प्रवेश गर्यो र बहुँ पहिचानमा आयो । यो निस्चय राम्रो थियो । यस्ले जनताले चाहेको शाशन व्यवस्था आयो । याहाँ सम्म त ठिक थियो । त्यो पनि कुनै निर्वाचनमा जाने गठवन्धन थिएन । तर याहाँ सम्म आइपुग्दा त अरु राजनीतिक दलहरु पनि कांग्रेसको समकक्षी दलहरुमा आफुलाइ स्थापित गराइ सकेका थिए । शशस्त्र आन्दोलनमा लागेको माओवादीलाइ पनि १२ बुदे शान्ती सम्झौताबाट नेपाली कांग्रेका नेता गिरिजाप्रसाद कोइरालाले मुलधारमा ल्याएका थिए । मुलुकमा माओवादी को सशस्त्र आन्दोलनले विश्राम लियो र सधैको त्रासदी समाप्त भयो यो कार्यले मुलुक तहस नहस हुनुबाट बच्यो र देशको राजनीति ले यौटा व्यवस्थित र स्थिर एवं दिगो राजनीतिक प्रणालीमा प्रवेश गर्यो यसरी माओवादीलाइ पनि कांग्रेसले मुलधारमा ल्याएर माओवादीलाई  स्थापित पनि गर्यो ।

यसरी वामघटकहरुलाई यो शक्तिलाइ नेपाली कांग्रेसले वि. पी. को अवसानपछी स्थापित गराउने, उनिहरुससंग सहकार्य गर्ने, तालमेल गर्ने र गठवन्धन पनि गर्ने कांग्रेस प्रकृया हुन थाल्यो । यसै परिणाम पनि गएको प्रतिनिधी चुनावमा वाम घटकहरु कांग्रेस दुस्मन बन्दै वामघटहरु अप्राकृतिक गठवन्धन हुदै पार्टी एक भएर नेकपा एमाले बनेर झण्डै दुर्इ तिहाइ ल्याएर प्रतिनिधी सभामा उपस्थित भएर देखाए र एकलौटी सरकार सञ्चालन गरे । कांग्रेस निरिह भयो र प्रतिपक्षियों भुमिकामा पनि आफ्नो दरो भुमिका देखाउन सकेन । तत्कालिन समयमा नेकपा एमाले सरवसत्ताबाद र अधिनायकवाद तिर उदय हुदै गयो । संविधान पनि मिचदै आफ्नो एकदलिय अवधारणामा मुलुक संचालन गर्ने अभ्यास हुन थाल्यो जस्तो गुप्तचर विभाग, सम्पती सुदुढिकरण विभागलगायत संविधान परिषद जस्ता संबैधानिक आयोगहरुमा आफ्नो पकड़मा जवरजस्त राख्यो।अन्तत बामघटकमा जुगाँको लडाइ र सत्ताको भोक र त्यसलाई  भोग गर्ने चाहानाले एकता भंग भयो कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवसर आयो र बन्यो।

विचार र सिद्धान्त मा कुरा मिल्ने वामघटकहरुको एकतामा आएको विचलनले यिनिहरु भरपर्दो र विस्वसनिय नभएको देखिन्छ।

गठवन्धन के को लागी र किन ?

अहिले नेपालमा दुइ प्रकारको गठवन्धनको अभ्यास भएको देंखिन्छ, यौटा सरकार बनाउन र अर्को निर्वाचनमा जान गठवन्धन गर्ने । र यो अभ्यास मुलुक मा गणतन्त्र आएपछी सुरु भयो । कांग्रेसमा यि दुर्इ कुरामा कुन गठबन्धन गर्ने यो विषयमा बहस भएको छैन । सरकार बनाउने कुरामा गठबन्धन गर्ने विषय निर्वाचन पछीको स्थिती हो । यो स्थितीमा चुनावी आंकलनमा आफ्नो स्थिती सवल नदेख्दा र आफुमा पूर्ण विस्वास नहुदा अन्यदलसंग गठवन्धनको कुरा अगाडी वड्ने हो र अहिले कांग्रेस यही अवस्थामा देखिएको छ । र अर्को कुरा गएको निर्वाचनामा वाम एकताले ल्याएको मत परिणामस्वरूप पनि कांग्रेस तर्सिएको कारण वाम एकता रोक्न नै गठवन्धनको आवस्यक्ता वताउदै आएको छ। तर यो कांग्रेसको अध्यन र विश्लेषण भविस्यमा कति दुरदर्शी हुन्छ त्यो विश्लेषण भने छैन । त्यो अवस्थामा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसके अवस्थामा अहिलेका पाँचदलिय गठवन्धननै आगमी सरकार बनाउने मा पनि त्यती भर पर्दों र विस्वसनिय आधार किन देखिन्दैन भने यौटै विचार र शिद्धान्त भएका वामशक्ति आफ्नो पाटीविग्रह गरेर अलग पाटी बनाएर सरकार बनाउने ध्येयले कांग्रेस संग गठबन्धन गरे भने अहिले कांग्रेस निर्वाचनमा जान गठवन्धन गर्छ, भोली सरकार बनाउने समयमा यी पाँचदलको कांग्रेससंग राजनीतिक स्वार्थ मिलेन भने गठवन्धन नरहन पनि सक्छ र त्यती खेर एमाले संग गठवन्धन पनि हुन सक्छ । नेपालमा यस्तै अभ्यास र अभियानको थालनी भएको छ जुन विकृत र निराशाजनक अभ्यास हो ।

त्यतीखेर छिमेकी मित्र राष्ट चिनको भूमिका पनि त्यस्तै नहुन सक्छ भन्न सकिन्दैन ।

अहिले वास्तवमा कुनै पनि राजनीतिक दलले निर्वाचन प्रयोजनको लागी गठवन्धन गर्नु स्वस्थकर छैन । यस्तो अवस्थाको गठवन्धनले धेरै राजनीतिक विकृती पैदा गर्छ । र कार्यकर्ता मा पनि सिट बाँडफाडको विषयमा गठवन्धनको कारण असन्तुष्टी र नैराश्य पैदा मात्रै गर्दैन त्यतीखेर सबै दलमा अन्तरघात देखिन सक्छ। त्यती मात्रै हैन निर्वाचनमा जाने गठवन्धनमा अर्को खतरापनि के देखिन्छ भने गठवन्धन गरेका दलले आफ्नो पाटी भित्र पाटी अध्यक्षले नरुचाएका व्यक्तिलार्इ साइड लाउने औंजार को अवसरको रुपमा पनि लिन सक्छन ।सबै भन्दा खतरा सबै पाटी भित्र गठवन्धनहुदाँ देखिने रोग यो पनि हुन सक्छ ।

अरु पाटीको तुलनामा सबै भन्दा खतरा कांग्रेसमा कांग्रेसी ले नै देखेकाछन् । अहिले पछिल्लो समयमा कांग्रेसमा देखिएको बहस, छलफल, वैचारिक द्वन्दले यही पुष्टि गर्छ। जस्तो चौधौं महाअधिवेशनमा पाटी सभापतिका उम्मेदवार रहेका डा शेखर कोइरालाले तत्कालिन समयमा विधी प्रकृयागत कुरा गर्दै गर्दा हामी भागवन्डाको राजनीति गर्दैनौ भनेका डा शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएर उपस्थिती देखाए पछी निर्वाचन नजिकिन्दै गर्दा ४० प्रतिशत भागवन्डाको कुरा राखे । अहिले यो कुरा राख्नु पर्ने वाध्यता र आवस्यक्ता किन पर्यो । जहा सम्म डा शेखर समूहमा समेटिएका नेता एवं कार्यकर्ताहरुको राजनीतिक सुरक्षा र प्रतिरक्षा कै लागी आएको हुन सक्छ । यो अवस्था सायद गठवन्धनको नाममा डा शेखर कोईरालालाई र उन्का समूहमा समेटिएका नेता तथा कार्यकर्तामा भोली अन्याय पनि हुन सक्छ त्यही आंकलन गरेर डा शेखरले भागवन्डाको कुरा उठाएको हुन सक्छ।

भन्न खोजेको कुरा नेपाली कांग्रेसले वि. पी. को अवसान पछी वाम शक्तिहरुसंग सहकार्य गठवन्धन चुनावी तालमेलको अभ्यास सुरु गर्यो र त्यहाँबाट कांग्रेसमा वि. पी. विचार शिद्धान्त र निष्ठामा विचलन देखिन थाल्यो र कार्यकर्तामा चरम नैराश्य, पलायनता र उदासीनता वड्दै गएर त्यो अन्तरघात को रुपमा विकसित हुन थाल्यो ।समग्रमा भन्नु पर्दा निर्वाचनमा जाने प्रयोजनको निम्ति गरिने चुनावी गठवन्धनले राष्ट्रिय राजनीतिमा राजनीतिक संस्कारको विकास गर्दैन, यस्ले विभिन्न विकृती पैदा गर्छ । चुनाव पछी कुनै पनि दलले स्पस्ट बहुँमत ल्याउन नसक्ने अवस्थामा अन्य दल संग सरकार बनाउन गठवन्धन गरिने अभ्यास र प्रचलन विस्वराजनीतिमा देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर