Aamsanchar

अग्रवालको अध्यक्षतामा झापामा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ गठन

Author Image
शुक्रवार, साउन १३, २०७९

बिर्तामोड । झापामा चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापा जिल्ला समिति गठन भएको छ । आज बिर्तामोडमा झापाली सिए हरूको भेलाले सिए सुशीलकुमार अग्रवालको अध्यक्षतामा समिति गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा सिए अनिलकुमार प्रसाईं, सचिव सिए गंगाराम बस्नेत ९अमित०, कोषाध्यक्ष सिए राहुल साहेवाला त्यसैगरी सदस्यहरूमा सिए एन्जिला मैनाली, सिए श्रीप्रसाद निरौला, र सिए समिर संग्रौला सर्वसम्मत चयन भएका छन् ।

संघ उद्घाटनकै अवसरमा जिल्ला व्यापी अन्तरक्रिया पनि योजना भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापाका अध्यक्ष सुशीलकुमार अग्रवालको अध्यक्षतामा आयोजित संघ घोषणा कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दीपक पाण्डेले कार्यसमिति पदाधिकारी सदस्यहरूलाई सफत ग्रहण गराएका थिए ।

अध्यक्ष अग्रवाल ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख शुभ कुमार रिजाल, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, नेपाल अडिटर एसोसियसन झापाका अध्यक्ष होमनाथ उप्रेती, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ प्रदेश १ अध्यक्ष मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष अश्‍विनी वंशललगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन स्वस्तिका आचार्यले गरेकी थिईन् । हाल झापामा २० जना भन्दा धेरै सिएहरु रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1252

प्रतिक्रिया (०)

सम्बन्धित खबर