Aamsanchar

नेपाली महिला फुटबल टाेलीकाे फिफा वरीयता खस्कियाे

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाण्डाै – नेपाली महिला फुटबल टाेली फिफा वरीयतामा एक स्थान तल झरेकाे छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १ सय २ औँ स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा झरेको छ । इङ्ग्ल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर