Aamsanchar

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलकाे संयोजकमा कृष्ण सिटौला

Author Image
सोमवार, साउन २३, २०७९

काठमाण्डाै – सत्तारूढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ ।

आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्यदलको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको बताउँदै कांग्रेस नेतासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘आजकाे बैठकमा सबै साथीले आ–आफ्नो दृष्टिकोण राख्नुभएको छ । बैठक सकारात्मक रूपले आजलाई स्थगन भएको छ । फेरि बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं ।’

कार्यदलको अर्को बैठक यही साउन २६ गते दिउँसाे ४ बजेका लागि बोलाइएको छ । बैठकमा सबै दलका नेताहरूले चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा आ–आफ्ना दलका धारणा प्रस्तुत गरेका थिए । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर