Aamsanchar

स्थानीयद्वारा बञ्चरेडाँडामा १४ वटा ट्रिपरमाथि तोडफोड

Author Image
मङ्गलवार, साउन २४, २०७९

प्रतिकात्मक तस्वीर ।

काठमाडौं । सिसडोल–बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर विसर्जन गर्न गएका १४ वटा ट्रिपरमाथि तोडफोड गरेका छन् । आफूहरूको मागलाई बेवास्ता गरेको र त्यस ठाउँमा फोहोर लिएर नआउन भन्दा पनि अटेर गरी फोहोरका गाडी ल्याएको भन्दै स्थानीयबासीले त्यस ठाउँमा फोहोरफाल्न अवरोध गरी फोहोर बोकेका ट्रिपर माथि नै तोडफोड र आगजनी गरेका हुन् ।

यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।

काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाएका थिए ।

सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका–१ का बासिन्दाले केही दिनयता फोहोर लैजान रोकेका थिए । स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौं प्रशासन र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर