Aamsanchar

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

Author Image
बिहिवार, साउन २६, २०७९

काठमाडौं – डेभिड अलाबा र करिम बेन्जेमाले प्रत्येक हाफमा गरेको गोलमा रियल मड्रिडले बुधवार इन्ट्राचट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ ।

३७ औं मिनेटमा कासेमिरोले हेडमार्फत दिएको पासलाई ६ यार्ड बक्सभित्र कसैको निगरानीमा नरहेका अलाबाले पोष्टको दिशा दिएका थिए । फ्रान्सका स्टार बेन्जेमाले ६५औं मिनेटमा भिनिसियस जुनियरको पासमा अर्को गोल थपेपछि रियाल  कीर्तिमान पाँचौं सुपर कप उपाधि जित्न सफल भएको थियो ।

यसअघि बार्सिलोना र एसी मिलानले मात्र पाँच पटक सुपर कप जित्न सफल भएका छन् ।

बेन्जेमाले क्लब ‘लिजेन्ड’ राउललाई पछि पारेका छन् । बेन्जेमाको यो रियालका लागि ३२४औं गोल हो । सन् २००९ देखी २०१८ सम्म रियालमा बसेका क्रिस्टियानो रोनाल्डोले मात्र योभन्दा धेरै गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।

सन् २००९ मा रियालसँग आवद्ध भएका बेन्जेमाले कप्तानका रुपमा रियालबाट पहिलो उपाधि जितेका हुन् । गत सिजनको अन्त्यसँगै मार्सेलोले क्लब छाडेपछि बेन्जेमाले कप्तानको जिम्मेवारी पाएका थिए ।

च्याम्पियन्स लिग विजेता रियाल र युरोपा लिग विजेता फ्रांकफर्ट १९६० को युरोपियन कपपछि पहिलोपटक आमने सामने भएका हुन् । त्यतिबेला अल्फ्रेडो डी स्टेफानोले तीन था फेरेन्क पुस्कासले चार गोल थपेपछि रियालले ७–३ ले हराउँदै पाँचौं युरोपियन उपाधि जितेको थियो ।

फ्रांकफर्टबाट गोल गर्ने इर्विन स्टेन र टिमका साथी डिएटर स्टिन्का ६२ वर्षपछि पुनः भएको खेल हेर्न फिनल्यान्डको हेलसिंकी पुगेका थिए । रियालबाट भने फाइनल खेलेका ९३ वर्षीय जोसे सान्टामारिया मात्र छन् । सान्टामारियाले भने पुनः एकपटक जितको खुसी मनाउन पाए । खेलअघि तीनजनाले भेटेर अंकमाल गरेका थिए ।

रियालका प्रशिक्षक कार्लो एन्सेलोटीले पहिलो रोजाईका खेलाडीलाई खेलाएका थिए । यसै सिजन सम्झौता गरेका एन्टोनियो रुडिगर र ओरेलियन चाउमेनीलाई बेन्चमा राखेका थिए ।

फ्रांकफर्ट भने गत शुक्रबार बुन्डेसलिगाको उद्घघाटन खेलमा साविक विजेता बायर्न म्युनिखसँग ६–१ पराजित भएको थियो । उक्त हारको चोटबाट मुक्त हुने प्रयासमा रहेको जर्मन क्लब पुनः अर्को हार बेहोर्न पुग्यो ।

‘‘हामीले सानदार खेल खेलेका छैनौं । तर, हामी उनीहरूभन्दा साँच्चै बलियो थियौं । हाम्रो सामान्य प्रदर्शन थियो,’’ रियालका प्रशिक्षक एन्सेलोटीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर