Aamsanchar

दमक नगरपालिकाले जित्यो छथर गाउँपालिका अध्यक्ष कप भलिबलकाे उपाधि

Author Image
मङ्गलवार, साउन ३१, २०७९

तेह्रथुम –तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ ।

पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेटमा हराउँदै दमकले उपाधि जितेको हो ।

प्रथम हुनेले नगद एक लाख रुपैया नगद, प्रमाणपत्र, मेडल र कप हात पारेको छ । त्यस्तै, उपबिजेता बनेको आमचोकले ६५ हजार रुपैया नगद प्रमाणपत्र मेडल र कप पाएको छ ।

विजेता र उपविजेतालाई गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

छथरलाई खेलकुद क्षेत्रमा विकास गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा तेह्रथुम, धनकुटा, भोजपुर र झापाका ११ टिम सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)