Aamsanchar

टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरु दर्शक मात्र

Author Image
शुक्रवार, भदौ ३, २०७९

ओमानमा शनिबारदेखि टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । तर २०१४ मै टी–२० विश्वकप क्रिकेट खेलेको नेपाल भने टुलुटुलु हेरेर बस्ने छ ।

ओमान क्रिकेट एकेडेमीमा शनिबार उद्घाटन खेलमा हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछ । २०२० मा एसिया कप छनोट इस्टर्न रिजनको शीर्ष दुईमा पर्दै यी दुवै टिम फाइनल छनोटमा प्रवेश गरेका थिए । त्यहि छनोट प्रतियोगिता हो जहाँ नेपालले हङकङसँग पराजित र सिंगापुरसँग वर्षाको कारण खेल रद्द भएपछि तीन अंक बटुल्दै यात्रा चौथो स्थानमा टुंग्यायो ।

सिंगापुर र हङकङको खेल राति ९ः१५ मा सुरु हुनेछ । यी दुई टिमले मैदानमा प्रतिस्पर्धा गर्दै गर्दा नेपाली खेलाडी भने हेरेर चित्त बुझाउने छन् । सिंगापुर र हङकङ दुवै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यसअघि इस्टर्न रिजनको छनोटमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेको थियो । त्यस्तै, गत जुलाईमा भएको आईसीसी टी–२० विश्वकप छनोटमा भने हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर