Aamsanchar

सगरमाथा आधार शिविरमा विश्वकप ट्रफी पुर्‍याइने

Author Image
आइतवार, भदौ ५, २०७९

काठमाडौं : आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपको ट्रफी टुर अहिले जारी छ। यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्‍याउने जनाइएको छ। मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाइएको छ।

३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्ने छ। नेपालमा दुई दिन राखिने ट्रफिलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार १५ भदौमा ट्रफीलाई आधार शिविर पुर्‍याइने छ।

उनले ट्रफीलाई विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रका रुपमा रहेको भक्तपुर दरबार स्क्वायर  तथा जनकपुरधाममा समेत प्रदर्शनीका लागि लगिने तयारी गरेको जानकारी दिए। नेपालबाट ट्रफी सिंगापुर लगिने तालिका रहेको छ। ८ जुलाईदेखि सुरु भएको ट्रफी टुर १६ अक्टोबरमा अन्त्य हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)