Aamsanchar

लिभरपुलमाथि युनाइटेडको जित

Author Image
मङ्गलवार, भदौ ७, २०७९

लिभरपुल । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ ।

सान्चोले १६औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३औं मिनेटमा दोस्रो गोल थपे । मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन ।

लिभरपुल हालसम्म दुई अंकमै सीमित रहेको छ भने युनाइटेडको सुधारिएको प्रदर्शनसँगै लिगमा पहिलो अंक बटुल्न सफल भएको छ ।

खेलमा क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्यागुएरलाई बेन्चमा थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर