Aamsanchar

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक

Author Image
शुक्रवार, भदौ १०, २०७९

काठमाण्डाै – युरोपियन फुटबल एसोसियशन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ । यूईएफएले नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेका छन् । साविक विजेता रियल मड्रिड भने समूह ‘एफ’ मा परेको छ । समूह चरणको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् ।

यस्तै समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग, समूह ‘सी’ मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेका छन् । समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटनहम, स्पोर्टिङ सीपी र मार्से, समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब रहेको छ ।

समूह ‘एफ’ मा साविक विजेता रियल मड्रिडसँगै लाइपजिङ्ग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेका छन् । समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र कोपेनहेगन तथा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर