Aamsanchar

भारतमाथि लगाएको प्रतिबन्ध फिफाले हटायाे

Author Image
शनिवार, भदौ ११, २०७९

काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।

प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबरमा तय भएको १७ वर्षमुनिको महिला विश्व कप पनि भारतमै हुनेछ । त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउनेछ । फिफाले गएको साउन ३० गते एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

भारतले गएको मङ्गलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर