Aamsanchar

नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता खस्कियाे

Author Image
सोमवार, भदौ १३, २०७९

काठमाण्डाै – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको स्थान घटेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी नयाँ वरीयता अनुसार नेपालको टी–२० वरीयता एक स्थान घटेको हो।

नेपाल १५औँ स्थानमा झरेको छ। नामिबिया १४औँ स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भारत रहेको छ।

यस्तै, इङ्ग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।

वरीयता घटेसँगै नेपालले सन् २०२४ मा आयोजना हुने टी–२० विश्व कपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी–२० विश्व कपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्व कपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर