Aamsanchar

साफ च्याम्पियनसिप खेल्न पाकिस्तानी महिला टिम नेपाल आइपुग्यो

Author Image
सोमवार, भदौ १३, २०७९

काठमाडौं – पाकिस्तान महिला फुटबल टिम साफ च्याम्पियनसिप खेल्नका लागि सोमबार बिहान नेपाल आइपुगेको छ ।

फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी टोलीले अन्तिम समयमा साफ महिला च्याम्पियनसिप खेल्ने निर्णय गरेको थियो । पाकिस्तानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य मनिष जोशी, सरिला श्रेष्ठलगायत पदाधिकारीले स्वागत गरेका थिए ।

महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । समूह ‘ए’मा रहेको पाकिस्तानले पहिलो खेल भारतविरुद्ध खेल्ने तालिका छ । तथापि, फिफाको प्रतिबन्धका कारण भारतीय महिला टोलीको सहभागिता अन्योलमा परेको थियो ।

फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

समूह ‘ए’मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । यो समूहमा पाकिस्तानसँगै भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । नेपाल रहेको समूह ‘बी’मा भुटान र श्रीलंका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर