Aamsanchar

नेपाल र केन्याबीच आज चौथो टी–२० खेल

Author Image
सोमवार, भदौ १३, २०७९

काठमाण्डाै – नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि  छ । हिजो  भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भाेलि हुनेछ । टी–२० शृङ्खला पछि नेपालले घरेलु टोलीसँग एक दिवसीय खेल्नेछ । पहिलो एक दिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर