Aamsanchar

केन्यासँगको एक दिवशीय खेलमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गर्ने

Author Image
बुधवार, भदौ १५, २०७९

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इण्डिज जाने भएका छन् ।

पूर्व निर्धारित तालिका अनुसार उनी केन्या भ्रमण छाडेर सीपीएल खेल्न जान लागेका हुन् ।सन्दीप सीपीएलमा जाने भएपछि केन्यासँगको एक दिवशीय खेलमा रोहितकुमार पौडेलले नेपालको नेतृत्व गर्ने छन् ।केन्यासँग नेपालले तीन एकदिवशीय खेल खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ ।गत सिजन ट्रिनबागो नाइटराईडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सीपीएल गुमाएका थिए । यसपटक उनी जमैका तल्लाजावजमा अनुबन्ध भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर