Aamsanchar

दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार सुब्बालाई

Author Image
शनिवार, भदौ २५, २०७९

शनिश्चरे ।  दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा विर्तामोर्डमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का प्रकाशक थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए ।

सम्मानित हुने सुब्बाले उक्त पुरस्कार पाएर आफू अझ जिम्मेवार भएर कला कर्ममा लाग्ने बताउँदै भने, ‘अरुले पत्याउने तर आफ्नाले नपत्याउने विगतका अनुभव विपरित आफ्नै गाउँ ठाउँले पत्याएर पुरस्कार दिँदा म उत्साहित छु ।’

कवि प्रकाश थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा दिव्यविक्रम नेम्बाङमाथि कवि सुन्दर कुरुपले चर्चा गरेका थिए भने सम्मानित स्रष्टा सुब्बा माथि कवि हाङयुग अज्ञातले बोलेका थिए । साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नन्दहाङ नेम्बाङले आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा कविहरु भिष्म उप्रेती, सुनिता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लिला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु लगायतले रचना वाचन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर