Aamsanchar

आज राष्ट्रिय बालदिवस : यसकाे प्रारम्भ र सरकारले गरेका प्रयत्न

Author Image
बुधवार, भदौ २९, २०७९


झापा – आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘बालमैत्री समाजको आधार ,जिम्मेवार परीवार ,उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको ५८ औं दिवस बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् ।
राष्ट्रिय बाल दिवसको प्रारम्भ
विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि संयुक्त राष्ट्र बालबालिका अधिकार सम्बन्धि अन्तराष्ट्रीय अभिसन्धी १९८९ लाई नेपालले वि.स. २०४७ भदौ २९ गते हस्ताक्षर गरिएको दिनलाई राष्ट्रिय बाल दिवश मनाउन थालिएको हो ।
इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन ग र्याे ।

बालबालीकाका लागि सरकारका तर्फबाट भएका प्रयत्न
मानव विकासको २ देखि ५ वर्ष बाल उमेरको सुरुवाती वर्ष भएका कारण ज्यादै महत्वपूर्ण मानिएको छ । ३ र ४ वर्ष उमेर समुहमा बालबालिकाहरुका लागि शिशु विकास केन्द्र र ४ वर्ष उमेर समुहका लागि  पुर्वप्राथमिक कक्षासहितको बालविकास केन्द्र हुनेछ भनी प्रारम्भिक बालविकास कार्यक्रम संचालन सम्बन्धि निर्दशिका २०६१ मा उल्लेख गरिएको छ । प्रारम्भिक बाल्यावस्था मानव जीवनको सवैभन्दा महत्वपूर्ण समय हो। यस अवस्थामा बालबालिकाहरुको वृद्धि र विकास एकदमै छिटो हुन्छ। हरेक शिशुले जन्मने बित्तिकै देखि सिक्न थाल्दछ। यस अवस्थामा उनीहरुले पाउने स्वास्थ्य सेवा,पोषण ,सुरक्षा,उत्प्रेरणा,उचित स्याहार तथा मायाममता एवम् शारीरिक ,बौद्धिक ,संवेगात्मक ,सामाजिक ,भाषिक विकासको अवसरले मानवको व्यक्तित्व विकासमा प्रत्यक्ष प्रभाव पर्दछ ।
गर्भावस्थ्यादेखी ८ वर्षसम्मको उमेरलाई प्रारम्भिक बालविकासको उमेर भन्ने गरिन्छ । बालबालिकाको मस्तिष्क २ वर्षभित्र ७५ प्रतिशत विकसित भैइसकेको हुन्छ भने ५ वर्षभित्र ९० प्रतिशत विकसित हुनेकुरा विभिन्न अध्ययनहरुले देखाएको छ । प्रारम्भिक बाल्यावस्थामा प्राप्त हुने विभिन्न प्रकारका अनुभव ,समस्या र चुनौतीहरुले उनीहरुको जीवनपर्यन्त हुने विकास र सिकाइमा प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले घर बलियो बन्नको लागि जग बलियो हुनुपर्दछ भने जस्तै असल र सफल नागरिक हुन प्रारम्भिक बालविकासको उचित अवसर पाउनुपर्दछ ।
यसका लागि उनीहरुलाई सुरक्षित र उचित उत्प्रेरणामुलक वातावरणको आवश्यकता अनिवार्य पर्दछ। बाल्यावस्थ्यामा विकास  हुने मस्तिष्क नै सिङ्गो जीवनको आधार बन्ने भएकोले यस समयमा बालबालिकाहरुलाई पोषणयुक्त खाना,सुस्वास्थ्य,सरसफाइ ,अन्तक्रिर्यायात्मक वातावरण तथा वात्सल्यमय व्यवहार जस्ता महत्त्वपूर्ण तत्वहरुको आवश्यकता पर्ने हुन्छ ।
बालबालिकाको प्रारम्भिक अवस्थादेखि नै सिकाईका लागि  सकारात्मक   हस्तक्षेप लागीले बौद्धिक क्षमता,व्यक्तित्व र सामाजिक व्यवहारमा स्थायी प्रभाव पार्न गर्दछ । बालबालिकाको मानसिक ,मनोसामाजिक,बौद्धिक र संज्ञानात्मक विकासलाई मद्दत गर्दछ । यी आधारमा बालबालिकाको भविष्यको हित र शिक्षाको ठोस आधार निर्माण हुने गर्दछ ।
नेपालमा विगत तीन दशकदेखि प्रारम्भिक बालविकासका सेवाहरुको क्रमिक रुपमा विस्तार हुँदै आएको छ । अहिले संविधानमा नै प्रारम्भिक बालविकासलाई बालबालिका मौलिक हकको रुपमा व्याख्या गरिएपछि यसको थप महत्त्व बढेको छ । नेपालको संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा,स्वास्थ्य,पालनपोषण ,उचित स्याहार ,खेलकुद ,मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्वको विकासको हक हुने,प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक हुने जस्ता विषयवस्तुलाई मौलिक हकका रुपमा स्थापित गरेको छ ।
स्थानीय सरकार संञ्चालन ऐन ,२०७४ ले गाउँपालिका तथा नगरपालिकाको काम,कर्तव्य ,अधिकार अन्तर्गत प्रारम्भिक बालविकास तथा शिक्षा र अभिभावक शिक्षा सम्बन्धि निति ,कानुन ,मापदण्ड योजना तर्जुमा कार्यान्वयन ,मुल्यांकन र नियमन गर्ने जिम्मेवारी प्रदान गरेको छ । त्यसै गरि शिक्षा ऐनको आठौं संशोधन मार्फत राज्यले चार वर्ष पूरा भएका सबै बालबालिकालाई कम्तिमा एक वर्षको प्रारम्भिक बालविकास तथा शिक्षा अनिवार्य प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।  शिक्षा विकास तथा मानव स्रोत केन्द्रले फ्लास रिपोर्ट २०७७ अनुसार  हाल नेपाल ३०,०३९ सामुदायिक र ६,४११ निजी गरि जम्मा ३६,४५० ओटा बालविकास केन्द्रहरु संचालनमा छ्न । ५८ औं राष्ट्रिय बालदिवश मनाईरहदा हाम्रा बालविकास केन्द्रहरु रुग्ण अवस्था छ्न । बालविकास केन्द्रमा कार्यरत बाल शिक्षकहरुको अवस्था दयनीय छ । संघीय सरकारले मासिक १० हजार पारिश्रमिक दिईएको छ। यसको व्यवस्थापनको मुल जिम्मेवारी प्रदान गरिएको स्थानीय तहले पालिका पिच्छे नै अलगअलग ढङ्गले सेवा र सुविधा प्रदान गरिएको देखिन्छ ।
विद्यालय शिक्षको जग मानिएको बालविकासमा कार्यरतहरु बालशिक्षकहरुको  पारिश्रमिक न्यायोचित ढङ्गबाट प्राप्त नगर्दा त्यसको प्रत्यक्ष र परोक्षरुपमा असर बालबालिका पर्ने देखिएको छ।  समृद्ध र सुसंस्कृत सामाज निर्माण गर्नको निम्ति प्रत्येक परिवार बालमैत्री वातावरण निर्माणमा जिम्मेवार बन्नु आवश्यक छ । त्यसै गरि तीन तहको सरकारले पुर्ण जिम्मेवार ,जवाफदेहिताका साथ आजका बालबालिका भोलिका जिम्मेवार नागरिक हुने भएकोले राज्यले आफ्नो उत्तरदात्यित्वलाई अझ दृढता पुर्वक जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ ।
विशेषगरी स्थानीय सरकारले बाल कक्षाहरुको सवलिकरण,दिवाखाजाको गुणस्तरीयता वृद्धि ,द्क्ष र तालिम प्राप्त बाल शिक्षकहरु व्यवस्थापन बढो गम्भीर भैइ आफ्ना नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नु जरुरी छ । संज्ञानदाता बन्नु,व्यक्तिगत विकास हुनु,अभिभावक बन्नु ,राष्ट्र सेवी बन्नु  र विश्व परिवेशमा सक्षम र सवल बन्नु जस्ता विषयलाई बालबालिकाका लागि बन्ने नीतिमा तीनै तहका सरकारले प्राथमिकता दिनुपर्दछ । प्रारम्भिक बालविकासका क्षेत्रमा गरिने लगानीको सुधार ,संज्ञानात्मक तथा सामाजिक भावनाको विकास ,विद्यालयको तप्परता,स्वास्थ्य र पोषणको स्थितिको सुधारको निम्ति प्रयत्न गर्नु आजको युगिन  आवश्यकता हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर