Aamsanchar

तेक्वान्दो डोजाङ खेल तर्फ दाङबाट कोमल वलीले प्रतिनिधित्व गर्ने  

Author Image
मङ्गलवार, असोज ४, २०७९

दाङ । हाम्रो पहुँच तेक्वान्दो डोजाङ खेल मार्फत नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोमल वली छनौट भएकी छन् । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लागेकी हुन ।

वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी छन् ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्ने हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिए । उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयको हाम्रो पहुँच तेक्वान्दो डोजाङमै प्रशिक्षार्थी हुन। हाम्रो पहुँच विद्यालयले विद्यार्थीलाई शिक्षासंगै खेलकुदका गतिविधि संचालन गर्दै आएको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने वलीलाई विद्यालयले जितको अग्रिम शुभकामना समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले नवौँ राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने हाम्रो पहुँच तेक्वान्दो डोजाङखेलमा वली छनौट भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा पनि जितको शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर