Aamsanchar

रोटरी क्लब बिर्तामोडद्वारा कचनकवल का दुई वटा विद्यालयमा कम्प्युटर तथा कापी वितरण 

Author Image
बुधवार, असोज ५, २०७९

कचनकवल । रोटरी क्लब अफ बिर्तामोडले झापाको कचनकवल गाउँपालिकाका दुई वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कचनकवल गाउँपालिका ६ को आमबारी आधारभूत र वडा नं. ३ मा रहेको नवदुर्गा  आधारभूत विद्यालयलाई आज (बुधबार) एक कार्यक्रमका बिच कापी तथा कम्प्युटर वितरण गरिएको हो । रोटरीले दुबै विद्यालयलाई दुई–दुई थान कम्प्युटर र विद्यार्थीहरूका लागि कापी हस्तान्तरण गरेको थियो ।  

आम्बारी आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमलाल माली र  नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक अनिल कुमार थापालाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष ओम कृष्ण विमलीको अध्यक्षतामा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख कालेन्द्र सिंह राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कचनकवल गाउँपालिकाका  उपाध्यक्ष नवराज भट्टराई, एजी रोटरियन राधिका गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राजवंशी, ६ नम्बरका वडाध्यक्ष चिन्तामणि खरेल, नं ३ वडाका वडाध्यक्ष मेघलाल राजवंशी, समाजसेवी श्याम सिटौला लगायतले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

दुर्गममा रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई यस बर्ष रोटरीले कापी वितरण अभियान चलाई रहेको छ । सोही अभियान अन्तरगत रोटरी क्लब बिर्तामोडले पनि कापी तथा कम्प्युटर उपलब्ध गराएको अध्यक्ष ओमकृष्ण विमलीले आमसंचारलाई बताए ।

रोटरीको अभियानलाई साथ दिदै रोटरियन टेरिमिकेस्काले उक्त सामग्रीहरू सौजन्य गरेका हुन् ।

शैक्षिक सामग्री वितरण कार्यमा रोटरियनहरु बबिता गिरी, अशोक धानुका, रोटरक्टर प्रेसिडेन्ट इलेक्ट बाप्पा शाह, सचिव  प्रज्ज्वल बिमली, आशिष कोइराला, लियो क्लब विर्ता लेडी अध्यक्ष सदीक्षा खरेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष कुमार गिरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन रोटरियन डा. सन्ध्या राठीले गरेकी थिइन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर