Aamsanchar

बङ्गलादेशको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आईपुग्याे नेपाल

Author Image
शनिवार, असोज ८, २०७९

काठमाण्डाै – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ ।

बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ ।

अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो । यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो ।

नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् । गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशले १/१ गोलको बराबरी खेलेका थिए । मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर