Aamsanchar

पोर्चुगलको शानदार जित

Author Image
आइतवार, असोज ९, २०७९

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा पोर्चुगल विजयी भएको छ । ऊ लिग अन्तर्गत समूह दुईको खेलमा घरेलु टोली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएको हो ।

सिनोबो स्टेडियममा पार्चुगललाई फराकिलो जित दिलाउन डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एकर एक गोल गरे ।

खेलको २३ औं मिनेटमा डालोटको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ​पहिलो हाफको थप गरिएको समयमा फर्नान्डेसले टोलीको अग्रता दोब्बर बनाए ।

थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।

५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि बढ्यो । ८२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै पाँच खेलमा १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर