Aamsanchar

माओवादी पोलिटब्युरो सदस्य भण्डारीसहित धनकुटाका १ सय ५० सदस्यहरुकाे सामुहिक राजीनामा

Author Image
आइतवार, असोज ९, २०७९

धनकुटा – नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १ सय ५० सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरुले राजीनामा घोषणा गरे ।

आसन्न प्रतिनिधिसभा सदस्यका आकांक्षी भण्डारीलाई गठबन्धन दल र पार्टीले उम्मेदवार चयन नगरी उपेक्षा गरेकोले आफूहरुले यो कदम चालेको बताए । ‘गठबन्धनबाट तथा पार्टीबाट टिकट दिन बार‍म्बार प्रयास गर्दा सुनुवाइ भएन,’ उनले भने, ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुँदै गएकोले परिर्वतनका लागि लडेकाहरुको पनि भावनामा ठेस पुगेको छ ।’

भण्डारीले ११ दिन अगाडि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएको बताए । जिल्ला समितिमा सल्लाह गर्दा सहयोग गर्ने जनाएपछि यो परिस्थिति आएको उनले प्रस्ट्याए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)