Aamsanchar

अमरदहलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ अन्तिम चारमा

Author Image
आइतवार, असोज ९, २०७९

अर्जुनधारा – झापाको अर्जुनधारामा आजदेखि सुरु दोस्रो नव युवा गोल्डकपको उद्घाटन खेलमा आयोजकले  विजयी सुरुवात गरेको छ । स्पर्धी अमरदह स्पोर्टिङ क्लबलाई ५–० गोलले पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङले अन्तिम चारमा पनि स्थान सुरक्षित गरेको छ ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा आयोजकका लागि कप्तान पुष्प मादेनले खेलको २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ३३औं मिनेटमा विशाल खवासले गोल गरेर अग्रता दोब्बर बनाए ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको आयोजकले ३०औँ पुजन राई गोल गर्दै ३–० को अन्तर निकाले । यस्तै ३७औं मिनेटमा श्याम मुर्मुले गोल गरे भने खेलको ५२औं मिनेटमा पुजन राईले व्यक्तिगत २ गोल गर्दै ५–० गोलको फराकिलो नतिजा ल्याए । खेलको म्यान अफ दी म्याच श्याम मुर्मु घोषितहुँदै नगद १५ सय पाउन सफल भए ।

खेलकुद क्षेत्रको प्रवद्र्धन एवम् विजया दशमीको अवसरमा आयोजित गोल्डकप  आयोजक नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको थियो ।
सहआयोजक अर्जुनधारा स्पोर्टिङ क्लबका अध्यक्ष अनिश न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भोलि (सोमबार)को खेल रथखोला फुटबल क्लब दार्जीलिङ र काँकडभिट्टा फुटबल टे«निङ सेन्टरबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 386

प्रतिक्रिया (०)

सम्बन्धित खबर