Aamsanchar

सर्वाधिक टी–२० विश्वकप खेल खेल्ने टोली

Author Image
बुधवार, असोज २६, २०७९

यसै सातादेखि आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा सुरु हुँदै छ । तीन सातासम्म चल्ने विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अस्ट्रेलियामा आयोजना हुने विश्वकप आठौँ संस्करण हो । पछिल्लो सात संस्करणमा ब्याट्सम्यान र बलरले थुप्रै व्यक्तिगत कीर्तिमान बनाए । विश्वकपमा सहभागी राष्ट्रहरूले पनि आफ्नो नाममा रेकर्ड राखेका छन् ।

श्रीलंका : ४३ खेल
विश्वकपमा एसियन राष्ट्र श्रीलंका सफल टोलीमा पर्छ । सात संस्करणमा सहभागिता जनाएको श्रीलंकाले सर्वाधिक ४३ खेल खेलेको छ । यसक्रममा सन् २०१४ मा विश्वकप ट्रफी उचालेको श्रीलंकाले १८ खेलमा जित र १६ मा हारको सामना गरेको छ । विश्वकपमा श्रीलंकाको जित प्रतिशत ५२.८६ रहेको छ । एक खेल टाईका रूपमा श्रीलंकाले बेहोरेको छ ।
पाकिस्तान : ४० खेल
सन् २००९ को विश्वकप विजेता पाकिस्तान दोस्रो धेरै खेल खेल्ने राष्ट्र हो । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा भारतसँग स्तब्ध भएको पाकिस्तानले ४० खेल खेलेको छ । ब्याक टु ब्याक विश्वकप फाइनल खेल्ने रेकर्ड बनाएको पाकिस्तानले अहिलेसम्म २४ जित र १५ हारको सामना गरेको छ । पाकिस्तानको विश्वकपमा जित प्रतिशत ६१.२५ रहेको छ ।
भारत : ३८ खेल
आइसिसीले पहिलोपटक आयोजना गरेको विश्वकपको विजेता भारत हो । भारतले जोहानसवर्गमा पाकिस्तानमाथि रोमाञ्चक जित दर्ता गरी विश्वकप ट्रफी हात पा¥यो । भारतले विश्वकपमा ३८ खेल खेलेको छ । सातै संस्करणमा सहभागिता जनाएको भारतले २३ जित र १३ हार बेहोरेको छ । भारतको विश्वकपमा जित प्रतिशत ६३.५१ रहेको छ ।

इंग्ल्यान्ड : ३८ खेल
सन् २०१० को संस्करण विजेता इंग्ल्यान्डले विश्वकपमा ३८ खेल खेलेको छ । भारत र इंग्ल्यान्डले सातै संस्करणमा समान खेल खेलेका छन् । इंग्ल्यान्डले विश्वकपमा १९ जित र १८ हार निकालेको छ । शीर्ष वरीयता प्राप्त टोलीमध्ये इंग्ल्यान्डको जित प्रतिशत कम रहेको छ । इंग्ल्यान्डको विश्वकपमा ५१.३५ प्रतिशत जित रहेको छ ।

न्युजिल्यान्ड : ३७ खेल
क्रिकेटको छोटो संस्करणमा न्युजिल्यान्डको प्रदर्शन निकै राम्रो हुने गर्छ । तर, न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेको छैन । न्युजिल्यान्डको उत्कृष्ट प्रदर्शन नै सन् २०२१ मा थियो । गत वर्ष युएईमा भएको विश्वकपमा न्युजिल्यान्ड अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्डले अहिलेसम्म विश्वकपमा ३७ खेल खेल्यो । यसक्रममा न्युजिल्यान्डले २० जित र १५ हार निकालेको छ । यस टोलीको जित प्रतिशत ५६.७५ रहेको छ ।

अस्ट्रेलिया : ३६ खेल
एकदिवसीय विश्वकपमा एकछत्र राज गरेको अस्ट्रेलियाले गत वर्ष मात्र आइसिसी टी–२० विश्वकप उचाल्यो । अस्ट्रेलियाले गत वर्षको संस्करणमा फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो । अस्ट्रेलियाले विश्वकपमा ३६ खेल खेल्दा २२ मा जित र १४ मा हार बेहोरेको छ । अस्ट्रेलियाले विश्वकपमा ६१.११ प्रतिशत जित निकालेको छ ।

दक्षिण अफ्रिका : ३५ खेल
विश्व क्रिकेटमा दक्षिण अफ्रिका निकै राम्रो टोली हो । तर, विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले एकपटक पनि उपाधि जितेको छैन । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले ३५ खेल खेलेको छ । दक्षिण अफ्रिकाले २२ जित र १३ हार नजिता बेहोरेको छ । दक्षिण अफ्रिकाको जित प्रतिशत ६२.८५ रहेको छ । दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन नै सन् २००९ र २०१४ हो । नयाँ पत्रिकाबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)