Aamsanchar

पुलिसकी चन्द्रकलाकाे ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमान

Author Image
बुधवार, कार्तिक २, २०७९

कास्की – एथ्लेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । आज बुधवार उनले ४७ दशमलव ६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौँ राष्ट्रिय खेलकुदमा उनले ४५ दशमलव २७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

यही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५ दशमलव ५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारुले ४५ दशमलव २० मिटर थ्राे गर्दै कास्य पदक जितिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर