Aamsanchar

अन्जन स्मृति वडास्तरिय फुटबलको उपाधिका लागि १ र ६ भिडने

Author Image
शनिवार, कार्तिक ५, २०७९

शान्तिनगर । बुद्दशान्ति ६ बुद्धशान्ति ७ मा जारी अन्जन स्मृति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति ६ र १ भिडने भएको छ ।

आज (शनिबार) भएको सेमिफाइनलमा वाड न. १ ले ३ लाई ट्राईबेकरमा ४-१ ले पराजित गर्दै वाड न. ६ संग भिडन्त तय गरेको खेल आयोजक समिती सचीव सन्देश अर्यालले जानकारी दिनुभयो । सचिव अर्यालका अनुसार खेलको निर्धारित समयसम्म १-१ को बराबरी भएपछी खेलको निर्णय ट्राईबेकरबाट लिएको थियो ।

यसअघि भएको पहिलो सेमिमा वार्ड न. ६ ले ४ लाई ट्राईबेकरमा ३-१ ले पाखा लगाउदै उपाधी भिडन्तको यात्रा तय गरेको थियो । उपाधी भिडन्त कार्तिक ७ गते सोमबार राष्ट्रिय बिजय मा.बि. को प्राङ्गणमा हुनेछ ।

प्रतियोगिताको उपाधी बिजेतालाई नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र उपबिजेतालाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष राज कुमार खवासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर