Aamsanchar

क्रिकेटर लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप

Author Image
आइतवार, कार्तिक ६, २०७९

काठमाडौं :  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ। यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।

गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 591

प्रतिक्रिया (०)